ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताएका छन् । सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो दाबी गरेका हुन् ।>
उनले मुलुकमा काम गर्न निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागिपरेको बताए । महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको उल्लेख गर्दै महर्जनले ललितपुर महानगरको सबै क्षेत्रको विकासका लागि तदारुकताका साथ काम गरिरहेको उनको भनाइ छ ।>
उनले सरकारसँगको सहकार्यमा सम्पदाहरुको पुर्ननिर्माण सम्भव नदेखिएकाले महानगर एक्लैले काम गरिरहेको बताए । सोही अवसरमा सिजन मिडियाले प्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित गरेको छ । मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा एशियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अवार्ड प्रदान गरे ।>
उनले भने, ‘यो मुलुकमा काम गर्न महाभारत छ । धेरै गाह्रो छ । तसर्थ हामीले थोरबहुत कामहरु गर्यौं । यो मेरो मेयरको रुपमा दोस्रो कार्यकाल हो । यो नै मेरो अन्तिम कार्यकाल पनि हो । यसपछि हुन पाउँदिन । त्यसकारण गर्नुपर्ने कामहरु सबै गर्नुपर्छ भनेर लागिपरेको छु । त्यसैको मूल्याङ्कन स्वरुप मैले आज यो अवार्ड पाएको हुनुपर्छ । २०७२ सालको भूकम्पले गर्दा ललितपुरको सम्पदा शहरमा मन्दिर, शिवालय, देवालय सबै क्षत्विक्षत् भयो । तर आजसम्म आइपुग्दान त्यो सबै बनाउने काम सकिएको छ । तर नेपाल सरकारसँग सहकार्य गरेर सार्वजनिक खरिद ऐन अनुसार बनाउने हो भने फेरी खतम छ, बन्दैन ।’>
>>