सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-३ गौतमपुरस्थित सडकखण्डमा प्रहरीले ठूलो मात्रामा गाँजासहित एक सवारीसाधन नियन्त्रणमा लिएको छ।>
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा प्रहरी चौकी घुस्किहाट, भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.१-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीलाई सोमबार दिउँसो १ बजे जाँचका लागि रोकेको थियो। जाँचका क्रममा सवारीमा बोरा भित्र लुकाइछिपाई राखिएको अवस्थामा ४१ के.जी. गाँजा जस्तो देखिने लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>
प्रहरीले उक्त सवारीसाधनसहित सवारी चालक इनरुवा नगरपालिका- ७ का ३० वर्षीय अमिर मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।>
>
प्रहरीका अनुसार लागू औषधको कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य पनि तीव्र पारिएको छ।>
>