सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा अपरिचित समूहले धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरेका छन्। >
मंगलबार राति १ बजेतिर अपरिचित समूहले ७५ वर्षीय फनिलाल यादवको घरमै हत्या गरेका हुन्। अपरिचित समूहले यादवको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका छन्। गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जनाएका छन् ।>
घटनापछि घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी समयमै नआएको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।>
उनीहरूले प्रहरी प्रशासनको शान्ति सुरक्षामा लापरबाही, राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावविरुद्ध नाराबाजी गरेका छन् ।>
>
हत्याको कारण र संलग्नबारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।>>