प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटेकी छन्।>
प्रधानमन्त्री कार्कीले प्रतिष्ठान नै पुगेर आँखा विज्ञ डा. रुइतसँग भेट गरेकी थिइन्।्>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
सोही क्रममा डा. रुइतले प्रतिष्ठानका बिरामी छाडेर आफू सरकारमा नजाने बताएका छन्।>
प्रतिष्ठान परिसरमै संवाददाताहरूले डा. रुइत पनि मन्त्री बन्न लाग्नुभएको हो भनी प्रधानमन्त्री कार्कीलाई सोधेका थिए।>
कार्कीले उक्त प्रश्नको कुनै जवाफ दिइनन्।>
बरू डा. रुइतले आफैँ भनेका थिए- म यी बिरामीहरू छाडेर जान्न।>
जेनजी आन्दोलनलाई समर्थन गर्दै डा. रुइतले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।>
प्रधानमन्त्री कार्की र डा. रुइतबीच के विषयमा कुराकानी भएको हो भन्नेबारे थाहा हुन सकेको छैन।>
कार्की नेतृत्वमा तीन जना मन्त्रीहरू रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा र ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रालय सम्हालिरहेका छन्। बाँकी मन्त्री नियुक्तिका लागि प्रधाननमन्त्री कार्कीले तयारी गरिरहेकी छन्।>>
>>
>>