‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’

Jasus Khabar 3959+ समाचार ( )
१८ वैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको उल्लेख गरेका छन् ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा  व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको छ, छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन– श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।’

प्रधानमन्त्री ओलीले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया