सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।>
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो।>
विभागका प्रमुख हुतराज थापाले भदौ २८ बाट अनिवार्य अवकाश लिएपछि उक्त पद खालि थियो।>
उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा एआइजी मनोज केसी ल्याइएका छन्।>
> > >>> आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो।> भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेतृत्व गरेका केसीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए।> शरणार्थी प्रकरणपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीबाट हटाइएको थियो।>>>>>>>>>>>