न्याय परिषद्को बैठक बस्दै, न्यायाधीश नियुक्ति होला?

Jasus Khabar 3958+ समाचार ( )
४ श्रावण २०८२

न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ।

आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।

विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए।
तर, सदस्यबीच कुरा नमिलेपछि बसेका बैठकहरु निष्कर्षविहीन भएका थिए।

यसअघिका बैठकमा सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीश नियुक्ति, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्तिको विषयमा सहमति जुट्न सकेको थिएन।

प्रधानन्यायाधीश राउतले रिक्त न्यायाधीश नियुक्तिको प्रयास गरिरहेका छन्। तर सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन बन्दै आएका छन्,

 

प्रतिक्रिया