सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपासका क्षेत्रमा सतर्कता अपनाउनुहोला : विभाग

Jasus Khabar 3925+ समाचार ( )
४ श्रावण २०८२

जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।  

आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो। विशेष गरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ।

यसैबिच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार