रातो मच्छिन्द्रनाथको रथ १५ गते जावलाखेल लगिने

Jasus Khabar 3959+ समाचार ( )
२ जेठ २०८२

 रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ।  

लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकाले बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए। रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनले जानकारी दिए।  

वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ।


प्रतिक्रिया

सम्बन्धित समाचार