७५ केजी गाँजासहित टेम्पो चालक पक्राउ

Jasus Khabar 3959+ समाचार ( )
१३ आषाढ २०८२

७५ केजी गाँजासहित सुनसरी प्रहरीले टेम्पो चालकलाई पक्राउ गरेको छ। सुनसरीको धरानबाट बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोलाबाट गाँजासहित टेम्पो चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए। 

टेम्पो चालक इटहरी–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई ७५ केजी गाँजासहित पक्राउ गरेको डिएसपी खतिवडाले बताए। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित समाचार