मुहर्रम उल हराम इस्लामको पहिलो र पवित्र महिना हो। यो महिनामा करबला मैदानमा हजरत इमाम हुसैन (अ.स) र उनका साहबा साथीहरु अन्याय र अत्याचार आवाज उठाउँदै आफ्नो ज्यानको बलिदान दिएका थिए।>
तर दुखको कुरा !>
>
आजकल यस पवित्र महिनाको नाममा ढोल-नगाडा, रेली, नाचगान र तमाशा जस्ता अशोभनीय गतिविधिहरू गाउँ-गाउँमा भइरहेका छन्। यी कार्यहरू न त इस्लामले अनुमति दिएको छ, न नै यो पवित्र अवसरको सम्मान गर्छ। म यस्तो गतिविधिको स्पष्ट विरोध र बहिष्कार गर्दछु। मुहर्रम रमाइलोको महिना होइन ! यो संयम र आत्मचिन्तनको समय हो।>
>
यस्तो कार्यले इस्लामको नाम बदनाम भइरहेको छ। र समाजमा गलत सन्देश फैलिरहेको छ। हाम्रो धर्मले यस्ता क्रियाकलापबाट बच्न स्पष्ट आदेश दिएको छ। त्यसैले, समाजमा हुने यस्ता कार्यहरू न स्विकार्य छन्, न नै धार्मिक। अबदेखि म यसमा सहभागी हुने, खेलाउने वा समर्थन गर्ने कुनै पनि कार्यको पूर्णरूपमा बहिष्कार गर्दछु। धन्यवाद ।>
>
ईरफान सिद्दीकीको पोष्ट (विचार) सान्दर्भिक लागेर जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।> त्यसमा व्यक्त विचार उनका निजी हुन् । सिद्दीकी समय सन्दर्भको आधारमा कलम चलाउँछन् । )>
>
Salam Walekum All friend