धरानमा ३०० केजी गाँजासहित स्कार्पियो नियन्त्रणमा, चालक फरार

Jasus Khabar 3945+ समाचार ( )
१३ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्ट नजिकै प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।


शुक्रबार साँझ ९ बजे तिर गोप्य सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ऐ. सूर्य मार्ग हुँदै कृषी बजारतर्फ आउँदै गरेको खैरो रङको स्कार्पियो गाडी नम्बर को.१ च. ७३३५ नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार गाडी चालक भने फरार भएका छन्। चेकजाँचको क्रममा गाडीको पछाडिको सिटमा कालो प्लास्टिकमा प्याकिङ गरिएको अवस्थामा १० वटा पोकामा राखिएको करिब ३०० केजी लागू औषध गाँजा फेला परेको छ।


प्रहरीले उक्त गाँजा बरामद गरी स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको जनाएको छ। हाल फरार चालकको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।


प्रहरी स्रोतका अनुसार यो घटनालाई लागू औषध कारोबार विरुद्धको अभियानको महत्वपूर्ण सफलता मानिएको छ।

प्रतिक्रिया