ग्यास सिलिन्डर विस्फोटपछि आगो लागेर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
>
कांग्रेसका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो । भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा लगेर उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
>
उहाँको उपचार टिममा डा. प्रदीप तिवारी, डा. बृहस्पति, डा. रोशन शर्मा लगायत सहभागी रहेको मन्त्रालयले जनाएको छ । सोही घटनामा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भएको छ ।>
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको बिहीबार बिहान निधन भएको हो । खाना खाएर सुतिसकेपछि गएराती साढे १० बजेतिर ग्यासको गन्ध आएर आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा सांसद भण्डारी पनि घाइते हुनुभएको हो ।>>