राजस्थानसँग पराजित हुँदै चेन्नाई अंकतालिकाको पुछारमा

Jasus Khabar 3925+ समाचार ( )
८ जेठ २०८२

इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्ससँग चेन्नाई सुपर किङ्स पराजित भएको छ। राजस्थानले चेन्नाईलाई ६ विकेटले हराएको हो। राजस्थानसँगको हारसँगै यो सिजन चेन्नाईले अङ्क तालिकामा अन्तिम स्थानमा रहँदै सिजन सक्ने लगभग पक्का भएको हो। 

अरुण जेट्लि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेनाईले निर्धारित २० ओभरमा १८७ रन बनाएको थियो। चेन्नाईले दिएको १८८ रनको विजय लक्ष्य पछाएको राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन बनाए। उनले ३३ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर एसएसपी जय स्वाले ३६ रन बनाए। कप्तान सन्जु श्यामसनले ४१ रन बनाए। ध्रुव जुरेल ३१ र सिम्रोन हेडमायर १२ रनमा अविजित रहे। 

चेन्नाईका लागि रविचन्द्र आश्विनले सर्वाधिक दुई विकेटले अनशुल कम्बोज र नुर अहमदले १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। चेन्नाईका लागि ओपनर ब्याटर आयुष मात्रेले सर्वाधिक ४३ रन बनाए उनले २० बलमा ८ चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर डेबोन कन्वेले १० रन बनाए । रविचन्द्र आश्विनले १३ दिवाल्ड ब्रेविसले ४२, शिवम दुबैले ३९ र कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाए। 

राजस्थानका लागि बलिङतर्फ युद्धवीर सिंह र आकाश माड्वालले समान ३-३ विकेट लिए। तुषार देशपाण्डे र वाननिन्दु हसरंगाले १-१ विकेट लिए। यी दुवै टिमले आफ्नो प्रतिष्ठाका लागि मात्रै खेलिरहेका थिए । प्लेअफ समीकरणबाट भने यी दुवै टोली यसअघि नै बाहिरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार