महिला विश्वकप: दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले हरायो

Jasus Khabar 3958+ समाचार ( )
२४ अशोज २०८२

आईसीसी महिला विश्वकप लिग खेलमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले पराजित गरेको छ।

बिहीबार भारत, विशाखापट्टनममा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। भारतले पूरा ५० ओभर ब्याटिङ गर्न सकेन र एक बल बाँकी रहँदा २५१ रनमा अलआउट भयो।

भारतका लागि ऋचा घोषले सर्वाधिक ९४ रन बनाइन्। प्रतिका रावल र स्नेह राणाले क्रमशः ३७ र ३३ रन बनाए।

दक्षिण अफ्रिकाले २५२ रनको लक्ष्य ४८.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। नादिन डे क्लार्कले सर्वाधिक ८४ रन बनाइन् भने कप्तान लौरा वोल्वार्डले ७० रन बनाइन्।

भारतका लागि स्नेह राना र क्रान्ति गौरले २–२ विकेट लिए भने अमनजोत कौर, दीप्ति शर्मा र नल्लापुरेड्डी श्रीचरणीले एक–एक विकेट लिए।

यो विश्वकपमा भारतको यो पहिलो हार हो। भारतले यसअघि आफ्ना सुरुवाती दुई खेलमा श्रीलंका र पाकिस्तानलाई पराजित गरेको थियो। एजेन्सी

प्रतिक्रिया