ऐयुब अन्सारी जसले सुनसरीमा प्रहरीलाई सहजताका लागि निर्वाह गरेका थिए महत्त्वपुर्ण भुमिका

Jasus Khabar 3925+ समाचार ( )
२७ जेठ २०८२

सुनसरी । युवा एवं जोशिला जनप्रतिनिधि भएकै कारण दोस्रो पटक पनि जनमत पाएर सुनसरीको कोशी गाउपालिकाका अध्यक्षमा निर्वाचित ऐयुब अन्सारी अहिले सामाजिक संजाल र पुर्वी नेपालको सन्चार माध्यममा चर्चाका पात्र बनेका छन् । नेपाल भारत सिमा क्षेत्र संग जोडिएको सो गाउपालिकाको अधिकांश भु-भाग भारतीय क्षेत्र संग जोडिएको भुभाग हो ।

कोशी प्रदेश सरकारले सो गाउपालिका अन्तर्गतको कटान क्षेत्रमा कोशी रिफ्रेश्मेनट सेनटरको स्थापना गर्दै त्यहाँ ठुलो लगानी गरेको छ । सो क्षेत्रको सुरक्षा र राजमार्ग एरियामा निगरानी बढाउन त्यहाँ अन्सारीकै पहलमा नेपाल प्रहरीको सुरक्षा दस्ता र ट्राफिक प्रहरी व्यवस्थापन गरिएको हो । पुर्व-पश्चिम् लोक मार्गको क्षेत्रमा पर्ने कोशी कटान एरिया बितेको केहि महिना यता त्यहाँ कार्यरत प्रहरी टोली र ट्राफिक प्रहरीबाट सर्वसाधारण विभिन्न बहानामा आर्थिक लूटमा पर्न थाले पछी स्थानीय जनप्रतिनिधिको प्रतिवाद त्यहाँ हुनपुग्यो ।

त्यहाँ कार्यरत ट्राफिक प्रहरीको गैरकानुनी रवैया बारे स्थानीय सर्वसाधारणको गुनासो सुन्दै आएका सो पालिकाका अध्यक्ष अन्सारीले त्यहाँ कार्यरत ट्राफिक प्रहरीबारे आएका गुनासो सम्बोधन गर्न उनीहरुका माथिल्ला निकायलाइ बारम्बार जानकारी गराएपनि सो क्षेत्रमा सुधारको सट्टा झन आर्थिक दमन स्थानीयले भोग्न थाल्दा आजित बनेका स्थानीय सरकार प्रमुख एयुब अन्सारी शुक्रबार स्थानीयको अनुरोधमा कटान क्षेत्र पुग्दा आक्रोशित स्थानीयको भिड थेग्न नसक्ने देखिपछी जनताको पक्षमा आक्रोसित बन्न पुगेका थिए । सैयो स्थानीय त्यहाँ कार्यरत ट्राफिक प्रहरीको बिरोधमा उभिदै गर्दा उपस्थित स्थानीयको चित्त बुझाउन अन्सारीले ट्राफिक प्रहरी प्रति शाब्दिक आक्रमण गर्दै त्यहाँ रहेको नागरिकको आक्रोशलाइ नियन्त्रण गर्न खोजेका थिए ।

सोही क्रममा उनको आक्रोशित परिस्थितिले ट्राफिक प्रहरी विरुद्ध केहि अप्सब्द उच्चारित हुन पुग्यो जुन अहिले चर्चाको केन्द्रमा पुगेकोछ । त्यहाँ कार्यरत ट्राफिक प्रहरीको गतिविधि अमानवीय र गैरकानुनी रहेको भन्दै स्थानीय सर्वसाधारणले पटक-पटक नियन्त्रणका लागि अनुरोध गरेपनि सुधारको सट्टा झन आतंक बढ्दा कटान क्षेत्र देश भरि बद्नाम बन्दै गएको छ । घरायसी काममा ब्यस्त सो गाउँपालिकाका अध्यक्ष अन्सारीको निवासमा उक्त दिन दर्जनबढी सवारी चालक र स्थानीय ट्राफिक प्रहरीको ज्यादती विरुद्ध गुनासो लिएर पुगेपछी उनी समुह संगै घटना स्थल पुगेका थिए । स्थानीयको आक्रोशबाट हुने भावी क्षतिको अनुमान गर्दै अन्सारीले भीडलाइ शान्त बनाउन ट्राफिक प्रहरी विरुद्ध केहि अप्शब्द समेत बोल्न पुगे जुन कि साधारण थिएन तर उनको त्यो प्रस्तुतिले ट्राफिक प्रहरी विरुद्ध उत्तेजित भिडलाइ भने साम्य बनाउन सहज तुल्यायो ।

अहिले उनले आवेस र स्थानीयको आक्रोश साम्य पार्न दिएको अभिव्यक्ति उनकालागि टाउको दुखाइ बनेको छ । कोशी गाउँपालिकाको अध्यक्ष भए पनि सुनसरी र आसपासको जिल्लामा युवा नेतृत्वको ल्याकत राख्ने नेता अन्सारीले विभिन्न समयमा नागरिक स्तरबाट भएका विभिन्न आन्दोलन र सडक अवरोध खुलाउन र आन्दोलन स्थगित गराउन महत्त्वपुर्ण भुमिका निर्वाह गर्दै आएका जन प्रतिनिधि हुन् । सुनसरीमा भएका कैयौं आन्दोलनलाई सहज र व्यवस्थापन गरिदिन प्रहरीले उनलाइ अनुरोध गर्दा प्रहरीको सहजकर्ता समेतको भुमिका निर्वाह गरिसकेका अन्सारी अहिले कसरी प्रहरी बिरोधी हुन सक्छन् ?

यो प्रश्न सर्वत्र चर्चामा छ । धेरै चक्काजाम , बजार बन्द लगायत सुनसरीको सुरक्षा निकायका लागि तनाव बनेका दर्जन बढी घटनाको सहजीकरण गरी प्रहरी प्रशासनलाइ सहयोग गर्दै आएका अन्सारी विरुद्ध अहिले सामाजिक संजाल तातेको छ । यहीँ मोैकामा उनका बिरोधी र फरक दलका नेताहरु समेत उनका विरुद्ध लागेका छन्। दलसंगै केहि अतिवादी समुह समेत घटनालाइ फरक मुद्दा बनाइ जातीय राजनीति समेत गर्न चुकेका छैनन् । गएको शुक्रवार भएको सो घटनाको सुनसरी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । अन्सारी आफ्नो निर्वाचन क्षेत्रमा सफल नेताका रुपमा स्थापित युवा नेता हुन् ।

स्थानीय गाउँपालिका बासीको गुनासोलाई सम्बोधन गरि रहदा अन्सारीबाट हुन पुगेको अप्शब्दबारे उनले आत्मलोचना सहितको विज्ञप्ति  समेत आज प्रकाशन गर्दै सबैलाइ यथार्थ बुझ्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Daya Shankar Jha २७ जेठ २०८२, सोमबार

Ayub jee Lai birodhee haru le kharant Gare haha ko chabi Lai dhumil garirhek cha