लियो क्लब र लायन्स क्लब अफ विराटनगर एग्जीक्यूटिवद्वारा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
>
केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । लियो क्लब अफ विराटनगर एग्जीक्यूटिव र लायन्स क्लब अफ विराटनगर एग्जीक्यूटिवले पुर्वाञ्चल अनाथ आश्रमका बालबालिका र वृद्धवृद्धालाई नि:शुल्क आँखा परिक्षण गरेको छ । रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
>
आँखा सम्बन्धि विशेषज्ञ टोलीमार्फत आश्रमका ७० जना बालबालिका र १० जना वृद्धवृद्धालाई नि:शुल्क सेवा दिएको हो । शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।>
कार्यक्रम लियो क्लब र लायन्स क्लबको सहकार्यमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि क्लबका अध्यक्ष आयुष तिमसिना विशिष्ट अतिथि प्रतियुश अग्रवाल लायत विधार्थी युवाहरुको सहभागी रहेको थियो थियो । >
>
रानी आँखा अस्पतालले नि : शुल्क रूपमा आँखा पाक्ने विरामीलाई चस्मा र तिन सय रुपैयाँ सम्मको औषधी नि :शुल्क दिइरहेको अध्यक्षले बताए । >
>
>>