धर्तीलाई सुहाउँदो कानुन बनाउनुपर्छः सांसद साह

Jasus Khabar 3925+ समाचार ( )
२० आषाढ २०८२

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले कानुन बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताए । उनले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाए । व्यवहारिक रुपमा सोचेर कानून निर्माण गर्नुपर्ने बताए ।

अध्यक्ष साहले भने, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छ । दुनियाँमा नभएको मौलिक हक छ तर कार्यान्वयन एउटा पनि भएको छैन । त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानून बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले यसलाई एसेप्ट गर्नुपर्दछ । हामीले व्यवहारिक रुपमा सोच्नुपर्छ ।’

अध्यक्ष साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउनुपर्ने माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार