काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते

Jasus Khabar 3925+ समाचार ( )
२३ श्रावण २०८२

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गएराती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्किएका छन् भने वडाध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । गिरिको देब्रे खुट्टा फ्याक्चर भएको छ । चालक पाँचखाल नगरपालिका– ५ का युनिस गौतम भने सकुशल छन् ।

ब्रेक फेल भएर बोलेरो माटोको ढिस्कोमा ठोक्किएको थियो । 

प्रतिक्रिया