५४ वर्षपछि प्रहरी कार्यालयलाई धनीपुर्जा प्रदान

Jasus Khabar 3959+ समाचार ( )
२२ भाद्र २०८२

धरानको वडा प्रहरी कार्यालयले ५४ वर्षपछि जग्गाको धनीपुर्जा प्राप्त गरेको छ। २०२८ सालमा तत्कालीन सरकारले धरानको भानुचोकमा रहेको सरकारी जग्गामा  इलाका प्रहरी कार्यालय स्थापना गरेको थियो।

२०५८ सालमा इलाका प्रहरी कार्यालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सरेपछि भानुचोकमा वडा कार्यालय स्थापना गरिएको थियो। वडा कार्यालयको स्वामित्वमा रहेको एककठ्ठा साढे सातधुर जग्गाको धनीपुर्जा प्राप्त भएको वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब निरीक्षक रुद्र बहादुर खड्काले जानकारी दिए।

उनका अनुसार वडा प्रहरी कार्यालयलाई धरान उपमहानगरपालिका नापी कार्यालयको सिफारिसमा मालपोत कार्यालय धरानले जग्गाको धनीपुर्जा दिएको हो। धरानको मुटु भानुचोकमा रहेको वडा प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरीको दरबन्दी रहेको छ। 

प्रतिक्रिया