हेटौंडामा भारतीय लरी दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
१७ आषाढ २०८२

 पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटे चार्जिङ पोइन्ट नजिकै आज बिहान भारतीय लरी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भारतको बनारसबाट रिद्धि सिद्धि सिमेन्ट उद्योगको लागि कोइला लिएर आउँदै गरेको यूपी ६१ एटी ०९६२ नम्बरको लरी ट्रक ब्रेकफेल हुँदा सडक किनारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा लरी चालक भारत गाजिपुर जिल्ला पुरैनिया बस्ने अन्दाजी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको छ । गाडी भित्र च्यापिएर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते सहचालक भारत जिल्ला गाजिपुर बस्ने २६ वर्षीय मनोज यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया