नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान अवस्था पुनरावलोकन गर्ने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा पुनरावलोकन गरिने बताए।>
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गर्ने ननडेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २० प्रतिशतको सीमालाई वृद्धि गरी २५ प्रतिशत गरिनेछ।>
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २५ सय सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ।>
यसैगरी राष्ट्र बैंकले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत् विदेशी विनियम जोखिम व्यवस्थापन गर्न व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख गरेको छ।>
>>>>
>>>>
>>>>>