चट्याङ लागेर बालकको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
२३ वैशाख २०८२

उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा चट्याङ लागेर ढलिरहेको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार