आठ जना जुवाडे पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

ब्यास नगरपालिका-३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रुपैयाँ र २ सय १२ पत्ती ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया