उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Jasus Khabar 3925+ समाचार ( )
१९ भाद्र २०८२

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले महिला उपकार मञ्चको स्वामित्वमा रहेको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको सेयरमा सबैले आवेदन दिन पाउने छन् । सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ ।

बोलकबोल पेस गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सेयर किन्न चाहनेले एनआईसी एशिया क्यापिटल, काठमाडौं थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा आवेदन दिनु पर्नेछ ।  आवेदन असोज २२ गतेसम्म दिन सकिने छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार