सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ ५ बजे सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सखुवागाछीबाट खटिएको प्रहरी चेकजाँच टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।>
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन्।>
>
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा मनोज परियार र मनिष राईको साथबाट लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ प्लास्टिक सहित ४ ग्राम ८२ मिलिग्राम (प्लास्टिक बाहेक ३ ग्राम ३७ मिलिग्राम) फेला परेको हो।>
>
साथै विवेक अधिकारीको साथबाट ‘Nitracross’ लेखिएको ४ पिस ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।>
>
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>