मोरङको सुनवर्षि नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र १ नं वडा कार्यालयका वडा अध्यक्ष बिरेन राई बिचको विवाद बाहिर आएको छ । बिहिबार नेपाली काँग्रेस मोरङले एक बिज्ञप्ती जारी गर्दै , सुनवर्षीका मेयर राजवंशीले कार्यपालिका बैठकमै वडाध्यक्ष माथी दुर्व्यवहार गरेको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । >
लाइभ न्यूज रफतारसंग कुरा गर्दै नेपाली काँग्रेस मोरङ जिल्ला सूचना तथा संचार विभाग प्रमुख बिरेन्द्र कुमार साहले भने , सुनवर्षिका मेयर तानासाहि रुपमा कार्य गरेको र कार्यपालिका बैठकमा वडा अध्यक्ष माथी भएको दुर्व्यवहारबारे आमरुपमा माफि नमागे चरणबद्धरुपमा आनदोलन गर्ने चेतावनि दिएका छन् । >
साहले भने , गत आईतबार कार्यपालिका बैठक चलिरहँदा नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले वडा नं १ का वडाध्यक्ष विरबहादुर राईलाई अमर्यादित भाषाशैली प्रयोग गर्दै दुर्व्यवहार गरेको बताए । बैठकका क्रममा मेयरले नेपाली काँग्रेस पार्टिबाट निर्वाचित वडा अध्यक्ष राईलाई अपमानजनक व्यवहार गरेको उल्लेख गर्दै मेयरको गतिविधिलाई तानाशाहको संज्ञा दिएका छन् ।>
यता सुनवर्षि नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले भने ,२०८० सालको पौष २८ गते अमरदह बजारमा श्रद्दाञ्जली दिएर फर्किरहदा , संचारकर्मिहरुलाई सुनवर्षिको वडा नं १ को अमरदह बजारको सडक १ वर्ष भित्र बनाउने प्रयास गर्ने बताएको सुनाए । उनले भने , सोहि सडक तोकिएको समयमा बनाउने बारे असार २ गते कार्यपालिका बैठकमा छलफल भइरहदा , १ नं वडा अध्यक्ष बिरेन राईले नै औला ठड्याई ठड्याई , अमरदहको सडक अहिले नबनाउने , अन्तै बजेट राख्ने भनेर चेतावनि स्वरुप प्रतिक्रिया दिएको मेयर राजवंशीले गम्भिर आरोप लगाएका छन् । मेयर राजवंशीले भने , एक जना काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले विकास निर्माणको कार्यलाई रोक्नु विषयलाई सिंगो नेपाली काँग्रेस पार्टिले विज्ञप्ती जारी गर्दा आश्चर्यचकित भएको बताए । >
यता विज्ञप्तीमा उल्लेख छ , वडाध्यक्ष राईका अनुसार बैठकमा आफ्नो वडाका जनताका माग र समस्याहरुबारे प्रसंग निकाल्दा मेयर राजवंशीले असन्तुष्टि जनाउँदै व्यक्तिगत आक्षेप लगाएको आरोप लगाएका छन् । “मेयरज्यूले अमर्यादित भाषा प्रयोग गरेर मेरो मानमर्दन गर्नुभयो, जसले गर्दा मैले आफूलाई असुरक्षित महसुस गरेँ,“ राईले बताए ।>
यता एमालेबाट निर्वाचित मेयर श्याम राजवंशीले वडाध्यक्षलाई दुर्व्यवहार गरेको घटना बाहिरिए लगत्तै युवा संघले उक्त घटनालाई राजनीतिक रुपमा लिएको छ । युवा संघमा आवद्द व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत मेयर राजवंशीको पक्ष लिंदै वडाध्यक्ष माथी विभिन्न टिकाटिप्पणी गरेका छन् । राजनीतिक पुर्वाग्रह राखेर वडाध्यक्षमाथि कार्यपालिका बैठकमै दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि नेपाली काङ्ग्रेस मोरङले उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ । विज्ञप्तिमा मेयरले तुरुन्तै आफ्नो व्यवहारप्रती सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो हर्कत नदोहो¥याउने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरिएको छ । >
>>
यो नाटक मात्र हो सुनवर्सी नगरपालिकामा 80/81को धेरै बजेटको काम भएन।