पोखरीमा डुबेर एक युवकको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
८ जेठ २०८२

 चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो ।

प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया