विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ अन्तर्गतका दुई समिति गठन भएको छ ।
मोरङको उर्लावारीमा सम्पन भएको समितिको तेश्रो अधिवेशनले नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति र उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । नगरसमिति महासंघ उर्लाबारीका जेष्ठ सदस्य तेजबहादुर निरौलाको अध्यक्षतामा सम्पन भएको अधिवेशनले सुनील बोहराको अध्यक्षतामा १६सदस्य चयन भएको हो । नगरसमितिको उपाध्यक्षमा क्रमश सम्झना खतिवडा , सिताराम पाण्डे , धनमाया बनेम रहेका छन ।>
>
त्यस्तै सचिवमा कल्पना निरौला , कोषाध्यक्ष रेखा खड्का चयन भएका छन । त्यसैगरी सदस्यहरुमा क्रमश: गणेश दुलाल, बसन्ता फागो, निर्मला तामाङ्ग, कमला थापा , सबिना बिश्वकर्मा, सन्तोषी श्रेष्ठ , सुजाता अधिकारी , होमा देवी मगर, भिभा ओझा, भागीमाया भट्टराई रहेका छन् । सो अधिवेशनले उर्लाबारी महिला उद्यमी नगर समिति पदमा सरस्वती रिजालको अध्यक्षतामा गठन गरेको छ । समितिको उपाध्यक्षमा बिमला फालुङ्गवा, सचिव अमृता गिरि,सदस्यहरु क्रमश ः रचना दाहाल, सबिता धिमाल , गंगा पौदार, रन्जु तामाङ , कविता बस्नेत , देविका फुयाल सिटौला , संगीता राई,देवि घिमिरे न्यौपाने , दिलु तामाङ , मुना सापकोटा , बिमला सुन्दास, संजीता परियार , मीना रमतेल, पुष्पराज भण्डारी , शान्ता गडतौला, देवीमाया बोहोरा रहेका छन् । सो अवसरमा महासंघका मोरङ अध्यक्ष चेतन निरौला,केन्द्रिय महिला उद्यम समिति सदस्य रुपा श्रेष्ठ ,महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ ,उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी एवं उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।>
>
मोरङ फर्निचर ब्यवसायी संघका अध्यक्ष सिताराम पाण्डे,महासंघका जिल्ला उपाध्यक्ष विजय कुमार राय,गणेश कुमार शाह, बिनोद ढकाल, तुलसी ढकाल, मालती आचार्य, यमुना पोखरेल,कार्यालय सचिव एलिना खतिवडा,मनिषा पोखरेल,नरमाया दङ्गाल ,सम्झना खतिवडा लगायतको सहभागीता रहेको थियो ।
>
>>