निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नेताहरूमाथि कारबाही गर्नुको कारण माग गरेको छ ।>
अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका विभिन्न नेताहरूलाई पदमुक्त गरेपछि निर्वाचन आयोगले कारण मागेको हो ।>
अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते र उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई साउन २ गते पदमुक्त गरेका थिए।>
अध्यक्ष लिङ्देनले गरेको कारबाही कार्यान्वयन नगर्न माग गर्दै नेताहरू आयोग पुगेका थिए ।>>