चार सय बोरा केराउसहित ट्रक नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
२१ फाल्गुन २०८१

रुपन्देहीको देवदहमा प्रहरीले चार सय बोरा केराउ बरामद गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चार सय बोरा केराउसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार देवदह नगरपालिका–७ खैरेनीस्थित पूर्व पश्चिम राजमार्गमा ट्रक खानतलासी गर्दा सो परिणामको केराउ फेला परेको थियो । रामेछाप मन्थली नगरपालिका–१३ बस्ने २८ वर्षीय सुजन अधिकारीले चलाएको ना६ख ४२७५ नम्बरको कन्टेनर (ट्रक) रोकी चेकजाँज गर्ने क्रममा बिलबिजक शंकास्पद रहेको चार सय बोरा (प्रति बोरा २५ केजी) केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनु्सार केराउको अन्दाजी मुल्य आठ लाख र र ट्रकको अन्दाजी मुल्य १२ लाख गरी २० लाख बराबरको केराउ, ट्रक नियन्त्रणमा लिएको प्रहरीले चालक समेतलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय बुटवल रुपन्देही बुझाइएको जनाएको छ ।

प्रतिक्रिया