सुनसरी क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता

Jasus Khabar 1+ समाचार ( )
८ मंगशिर २०७९

सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन । उनले झिनो मतले अग्रता लिएका हन ।

पछिल्लो मत परिणाम अनुसार कार्की ७० मतले अघि देखिएका छन्।

कार्कीले १० हजार ७ सय ९० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले १० हजार ७२० मत प्राप्त गरेका छन्।

यी दुई प्रतिस्पर्धीबीच सुरूआतदेखि नै कडा टक्कर देखिएको छ। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट कार्की नै विजयी भएका थिए।

प्रतिक्रिया