घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jasus Khabar 3958+ समाचार ( )
१५ वैशाख २०८२

स्थानीय बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार  आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुप‌ैयाँ कायम भएको हो।

आइतबार एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० पुगेको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।


प्रतिक्रिया

सम्बन्धित समाचार