भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको टेस्ट सिरिजको तेस्रो खेल लर्ड्समा सुरु भएको छ। पहिलो दिनको खेल सकिँदा घरेलु टोली इंग्ल्यान्डले ४ विकेट गुमाएर २ सय ५० रनको स्कोर पार गरेको छ।>
>
इंग्ल्यान्डका लागि पहिलो दिन जो रुट शतकभन्दा १ रन टाढा रहेर अविजित फर्किँदा उनलाई कप्तान बेन स्टोक्सले ३९ रनमा साथ दिइरहका छन्। रुटले ९ चौकाको सहयोगमा ९९ रन बनाएका छन्। उनी बाहेक ज्याक क्राउलीले १८ रन बनाउँदा बेन डकेटले २३ तथा ओली पपले ४४ रन बनाएका थिए। त्यस्तै ह्यारी ब्रुक्सले ११ रन बनाए।>
भारतका लागि नितिश कुमार रेड्डीले २ विकेट लिँदा जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान १-१ विकेट लिए। जो रुटको अविजित इनिङ सँगै उनले भारतविरुद्ध ३ हजार रनसमेत पूरा गरेका छन्। उनले यो इनिङमा ४५ रन बनाएसँगै उक्त कोसेढुंगा पूरा गरे।>
रुटले इंग्ल्यान्डका लागि ७ हजार टेस्ट रन समेत पूरा गरे। उनले दिनको अन्तिम ओभरमा यो उपलब्धि हासिल गरेका हुन्।>
इंग्ल्यान्डले दोस्रो दिन ४ विकेटको क्षतिमा २ सय ५१ रनबाट दिनको खेल सुरु गर्नेछ।>>>