पाकिस्तानी सेनाले पनि गर्‍यो गोलीबारी, तीन जना भारतीयको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
२४ वैशाख २०८२

गए राति भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि पाकिस्तानी सेनाले गरेको गोलीबारीमा परी तीन जना भारतीय नागरिकको मृत्यु भएको छ ।

न्युज एजेन्सी एएफपीले भारतीय सेनाको हवाला दिँदै कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा परी तीन जना भारतीयको मृत्यु भएको जनाएको छ ।

उता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणमा परी दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको बताएका छन् ।

चौधरीले भारतीय सेनाले मस्जिदसहितका स्थानलाई निशाना बनाएको बताएका छन् । उता पाकिस्तानी प्रधानमन्त्रीले भारतले गरेको यो आक्रमणको जवाफ दिने पूर्ण अधिकार पाकिस्तानसँग रहेको बताएका छन् ।


प्रतिक्रिया