सप्तरी हनुमाननगरकंकालनी नगरपालिका–४ का शंकर कुमार मण्डल ३१ वर्षका भएका छन्। तर उनको अहिलेसम्म नागरिकता बनेको छैन। >
गर्भावस्थामै बुवा बेपत्ता भएका मण्डलले आमाको नामबाट नागरिकता नपाउँदा उनका तीन छोराछोरीको शिक्षा प्रभावित भएको छ। आफ्नो नागरिकता नभएकाले उनले आफ्नो विवाह दर्ता र छोराछोरीको जन्मदर्ता बनाउन सकेका छैनन्। >
आमासँग नागरिकता र राष्ट्रिय परिचयपत्र भएपनि मण्डलले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन्।>
>
उनले भने,‘नागरिकता नहुँदा कुनै व्यवसाय गर्न सकेको छैन। छोराछोरीलाई पढाउन सकेको छैन।’ मण्डलका ८ वर्षीया छोरी सपना, ५ वर्षीय छोरा कार्तिक र ३ वर्षीय छोरा प्रलाद छन्। >
आमासँग सबै प्रमाण हुँदा पनि आफ”ले नागरिकता नपाउँदा समस्यामा परेको उनले बताए। >
आमाको नामबाट नागरिकता दिने भएपछि सबै पक्रिया पुरा गरेको बताउँदै उनले अहिले आमाको नामबाट नागरिकता नदिएको उनले सुनाए। >
जिल्ला प्रशासन कार्यालय सप्तरीले आमाको नामबाट नागरिकता लिन आउनेको पहिचान गरेर सिफारिस गर्न स्थानीय तहलाई पत्राचार गरिएपनि त्यसको केही दिनमा आमाको नामबाट नागरिकता दिन बन्द गरिएको जनाएको छ। >
>>>>>