विवाहित महिलामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२९ वैशाख २०८२

वीरगन्ज : वीरगन्जमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 


पक्राउ पर्नेमा बाराको प्रसौनी गाँउपालिका-६ बेलहिया स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका-१३ श्रीपुरमा बस्ने ५० वर्षीय दिनानाथ साह रहेका छन्।  


प्रहरीका अनुसार श्रीपुरकै ४० वर्षीया एक विवाहित महिलालाई शनिबार मध्यरातमा साह र उनीसँगै रहेका अर्का एक पुरुषले मिलेर बलात्कार गरेका थिए। मध्यरातमा एक्लै भएको मौका छोपेर ती दुवै पुरुषले डर धम्की देखाएर बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई बताएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।


आइतबार बिहान पीडित महिलाले प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी दिएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित मध्येका साहलाई पक्राउ गरेको मिश्रले बताए। घटनामा संलग्न भनिएका अर्का आरोपित पुरुषको पहिचान खुलिसकेको र फरार रहेकाले उनको खोजी भइरहेको मिश्रले जानकारी दिए।


पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्ध करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।  

प्रतिक्रिया