धादिङमा बागमती प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

Jasus Khabar 3925+ समाचार ( )
१५ वैशाख २०८२

जय नेपाल स्पोर्ट्स धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सहआयोजनामा धादिङबेँसीमा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही २५ देखि २७ वैशाखसम्म धादिङबेँसीको कभर्डहलमा सञ्चालन हुनेछ ।

आयोजकले प्रदेशका १२०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अनुमान गरेको छ । विजयी टिमलाई १ लाख, उपविजेतालाई ६५ हजार र तृतीयलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै, विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने पनि जनाइएको छ ।

त्यस्तै, उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद १०/१० हजार पुरस्कार दिइने जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारीले बताए । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले हर्टल्यान्ड एकेडेमी सेन्टर फर उमन बालाजुमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर पाउनेछन् ।

त्यस्तै, जेहेनदार २ महिला खेलाडीलाई ७५ प्रतिशत छुट र अन्य ५ जना महिला खेलाडीलाई ५० प्रतिशत छुटमा हर्टल्यान्ड एकेडेमी सेन्टर फर उमन वाफलमा अध्ययनको अवसर पाउने आयोजकले जनाएका छन् । खेल अवधिभर सम्पूर्ण खेलाडीलाई आयोजकले बिहान र बेलुकीको खानाको व्यवस्था गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया