व्यापारी अमित अग्रवाल जेल चलान

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

 व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् ।

हिजो स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो।

अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

प्रतिक्रिया