सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँ घट्यो

Jasus Khabar 1+ समाचार ( )
२३ वैशाख २०८१

आइतबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्यमा आइतबार सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार