कुकुरको एक्लोपन र निराशा हटाउन डेटिङ एप सार्वजनिक भएको छ। भारतको हैदराबादस्थित डोफेयर नामक कम्पनीले अनौठो डेटिङ एप सार्वजनिक गरेको हो। >
यो एपले कुकुरका लागि म्याचमेकिंग सेवा प्रदान गर्नुका साथै घरपालुवा जनावरका अभिभावक, स्थानीय पशु सेवा प्रदायक र पशु चिकित्सकलाई पनि जोड्ने माध्यमको रूपमा काम गर्छ।>
कम्पनीका मालिक मौर्य कम्पेलीले सहरी जीवनमा कुकुरले एकअर्कालाई भेट्ने वा साथी बनाउने अवसर कम पाउने बताए। ‘कुकुर प्राय: एक्लोपन र निराशाबाट ग्रस्त हुन्छन्,’ उनले भने, ‘हाम्रो एपले यही समस्यालाई समाधान गर्न डिजाइन गरिएको हो।’ मार्च २०२५ मा सुरु भएको यो एपले हालसम्म १० हजारभन्दा बढी डाउनलोडको आँकडा पार गरेको छ।>
एपले कसरी काम गर्छ?
यो एपमा प्रयोगकर्ताले आफ्ना कुकुरको प्रोफाइल बनाउन सक्छन्, जसमा कुकुरको नस्ल, ऊर्जा स्तर, स्वभाव र मनपर्ने(मन नपर्ने कुराको विवरण समावेश हुन्छ। यी जानकारीको आधारमा एपले नजिकैका उपयुक्त कुकुरसँग म्याच गराउँछ। >
>
यो एप केवल साथि खोज्नका लागि मात्र नभई कुकुरका लागि खेल्ने, भावनात्मक सहयोग प्रदान गर्न पनि उपयोगी हुने कम्पनीले दाबी गरेको छ। एजेन्सी>>