सम्झौता बचत तथा ऋण सहाकारी संस्थाद्वारा रक्तदान कार्यक्रम

Jasus Khabar 1+ समाचार ( )
१४ श्रावण २०८०

सम्झौता बचत तथा ऋण सहाकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम गरेको छ। 

साल  २०६८ मा स्थापना भएको सम्झौता बचत तथा ऋण सहाकारी संस्था ११ वर्ष पार गरि १२ औ वर्षमा प्रवेश गरेको उपल्क्षमा संस्थाको वार्षिक उत्सव मनाउदै उक्त रक्तदान कार्यक्रम गरेको हो।

नेपाल रेडक्रस को प्राविधिक सहयोगले  गर्दा  कार्यक्रममा करिब १९ जनाले रक्तदान गरेको संस्थाको अध्यक्ष महेस प्रसाद साहले जानकारी दिए।  

संस्थाले बिराटनगर अवस्थित रहेको गोल्डेन हस्पिटलमा सहकार्य गरि आफ्नो सदस्य तथा बचात्कर्ताहरु बिरामी भए उक्त हस्पिटलमा लाग्ने  खर्चमा  बिशेष छुट गराउने सहमति गरि अझ बचतकर्ताहरुलाई सक्षम र सहयोग हुने हेतु कार्य गरिरहेको अध्यक्ष साहले बताए। साथै उक्त कार्यक्रम सहयोग गरेका रेड क्रस सोसाइटिलाइ संस्थाको प्रतिनिधिहरु द्वारा सम्मान सहित कदर पत्र प्रदान गर्दै कार्यक्रम समापन गरेको बताए। 

प्रतिक्रिया