सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो

Jasus Khabar 3945+ समाचार ( )
२३ जेठ २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले रिट दर्ता गर्न नमानेको भन्दै गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले सरकारले पूरै काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दा यसविरुद्धको रिट दर्ता गर्न नमानेको उल्लेख गरेका छन् ।

उनले थरीथरीका न्याय भन्दै यसअघि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल निषेध खुला गर्न आदेश दिएको उल्लेख गर्दै सिङ्गो महानगरपालिकालाई निषेध गरिँदा इन्कार गरेको बताएका छन् ।

उनले भनेका छन्, न्यायको नौ सिङ हुन्छ भन्थे हो रहेछ ।’ 

प्रतिक्रिया