हितेन्द्रलाई विष्णु रिमालको ढाडस: बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ लेख्नेदेखि सजग रहनु

Jasus Khabar 3925+ समाचार ( )
५ जेठ २०८२

 नेकपा एमालेका नेता विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य इमान्दार र काबिल भएको भनी तारिफ गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा एउटा पोस्ट सार्वजनिक गरेर हितेन्द्रदेवको तारिफ गर्दै ‘बिजुली गयो’ लेख्नेदेखि सजग रहन आग्रह समेत गरेका छन्।

‘श्री हितेन्द्र शाक्यजी ! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर, सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ‍,’उनले लेखेका छन्,’बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।’

साथै, उनले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै उनलाई भगवान बनाइको भनी त्यसको आलोचनासमेत गरेका छन्। हितेन्द्रलाई कन्टेन्ट बनाउने खेल भएको जिकिर गर्दै त्यसबाट बच्नसमेत उनले आग्रह गरेका हुन्।’

समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ। अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन-किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन,’उनले थपे,’त्यसैले, सजग रहनुस्का-म गर्नुस्, तर ध्यान दिनुस्का-मभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्। कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनूहोस्।’

पछिल्लो समय लगातार भइरहेको अघोषित ‘लोडसेडिङ’लाई लिएर हितेन्द्रको सर्वत्र आलोचना भइरहेको छ।  कुलमानलाई ‘हटाएर’ प्राधिकरणमा  हितेन्द्रलाई ल्याइसँगै यस्तो समस्या आएको भन्दै यसको सर्वसाधारणले सो को विरोध गरिरहेका छन्। त्यसैलाई लक्षित गर्दै एमालेका नेता रिमालले हितेन्द्रलाई ढाडस दिएका हुन्।

प्रतिक्रिया