धरान भानुचोकमा लागूपदार्थसहित एक जना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
२० वैशाख २०८२

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-२ स्थित भानुचोकबाट पिकेट ड्युटीमा खटिएको प्रहरी टोलीले एक जनालाई लागूपदार्थसहित पक्राउ गरेको छ।


प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी सहायक निरीक्षक (प्रसह) टिका प्रसाद दाहालको टोलीले शंका लागेर चेकजाँच गर्दा निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीको साथबाट लागूपदार्थ फेला परेको हो।


चेकजाँचका क्रममा रसाइलीको गोजीमा लुकाएर राखिएको ९ एम्पुल फेनरागन, ९ एम्पुल एभिल, ९ एम्पुल डाइजेपाम र ९ एम्पुल लुपिजेसिक गरी जम्मा ३६ एम्पुल लागूपदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ।


पक्राउ परेका रसाइलीलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूपदार्थ ओसारपसार र कारोबारलाई नियन्त्रण गर्न नियमित रुपमा चेकजाँच तीव्र पारिएको जानकारी दिएको छ।

प्रतिक्रिया