अजमल अन्सारी>
सुनसरी। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सामाजिक एकता र सहिष्णुताको जग बलियो बनाउनुपर्ने बताउनुभएको छ ।>
शनिबार इटहरीस्थित तालतलैया पार्कमा नेपाल मुस्लिम संघ नगर कार्यसमिति इटहरी सुनसरीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समावेशी सहभागिताको महत्वलाई जोड दिएका छन् ।>
>
कार्यक्रमलाई विशिस्ट अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले मुस्लिम समुदायले मुलुकको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई स्मरण गर्दै भने, “मुस्लिम समुदाय अब हकका लागि मात्र होइन, मुलुकको नेतृत्व गर्ने दिशामा अघि बढ्नु पर्छ । हामीले आपसी एकता र सद्भावको बलमा समृद्ध समाज निर्माण गर्न सक्छौँ ।”>
>
उनले स्थानीय सरकारमार्फत शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायको क्षेत्रमा भइरहेका प्रयासहरूबारे जानकारी दिँदै सबै समुदायका प्रतिनिधिहरूलाई साझा एजेण्डा बनाइ अघि बढ्न आह्वान गरे ।>
>
“हामी विभाजन होइन, समावेशी सोचसहितको विकास चाहन्छौँ । संघ संगठनहरू राजनीतिक मात्र नभई सामाजिक परिवर्तनका आधार बन्नुपर्छ,” अध्यक्ष अन्सारीले भने ।>
>
प्रथम नगर अधिवेशनमा मुस्लिम संघका केन्द्रीय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथै आगामी कार्यदिशा निर्धारणसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिएको थियो ।>
>