सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ दुर्गा मन्दिर नजिकै दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।>
आइतबार दिउँसो करिब २ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको को १८ प ३६३६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ६३०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।>
>
दुर्घटनामा को १८ प ३६३६ नम्बरको मोटरसाइकल चालक स्थानीय ३६ वर्षीय राम अचल मेहताको बायाँ हातमा चोट लागेको छ भने अर्को मोटरसाइकल चालक २७ वर्षीय रविन्द्र मेहताको दुवै हात र बायाँ खुट्टामा चोट लागेको सुनसरी प्रहरीले जानकारी दिएको छ।>
>
दुवैजना घाइतेको इनरुवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र दुवैजनाको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>