नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी दुर्घटना विमा दाबी भूक्तानी रकम प्रदान गरेको छ । >
संस्थाको शाखा कार्यालय तेतरीया, मोरङ्गमा कार्यरत कर्मचारी समिर माझीको गत पौष ९ गते सड्क दुर्घटनामा परी मृत्यू भएको थियो । नेरुडेले सलिको इन्स्योरेन्स सँग कर्मचारीहरुको दुर्घटना विमा गरेको छ । सोही बिमा अनुसार इन्स्योरेन्स कम्पनीबाट प्राप्त सात लाख रुपैयाको चेक संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहुले मंगलबार मृतकको श्रीमती सरिता कुमारी चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।
>>