धरानमा चट्याङ लागेर दुईजना घाइते

Jasus Khabar 3959+ समाचार ( )
१ वैशाख २०८२

धरान : धरान उपमहानगरपालिका–१९ स्थित होटल ड्रीमल्याण्डमा चट्याङ पर्दा दुई जना घाइते भएका छन्।

हिजो (आईतबार) बिहान ८ः१५ बजे पानी ट्याङ्करबाट पानी खालि गर्ने क्रममा अकस्मात चट्याङ पर्दा होटलमा कार्यरत १९ वर्षीया सौरीया राई र ट्याङ्करका ४१ वर्षीय सहचालक टेक ब. श्रेष्ठ घाइते भएका हुन्।

दुवै जना सुनसरीकै अलग–अलग ठाउँका स्थायी बासिन्दा हुन्।

चट्याङ लागेर सौरीया राईको घाँटी र ढाडमा सामान्य पोल्ने खालको चोट लागेको छ भने टेक ब. श्रेष्ठको कान र गालामा पोल्ने चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारको लागि तत्काल बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपामा लगिएको छ।

दुवै जनाको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया