वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

Jasus Khabar 1+ समाचार ( )
३० वैशाख २०८१

क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् ।

उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन् । जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो । सन्दीपको पक्ष भने चाँडै सुनवाइ होस भन्ने पक्षमा छ ।

यदि मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा भाग लिन सक्ने अवस्था हुन्छ ।


प्रतिक्रिया